पिएम कप महिला राष्ट्रिय टि २० प्रतियोगितामा सहभागि हुन गण्डकीको टोली धनगढी प्रस्थान
  • प्रमुख खबर

पाेखरा ।।
प्रधानमन्त्री कप (पिएम कप) महिला राष्ट्रिय टि २० प्रतियोगितामा सहभागिता जनाउन गण्डकी प्रदेशको टोली धनगढी प्रस्थान गरेका छन् ।

उक्त प्रतियाेगितामा सहभागी जनाउन साे महिला टाेली अाइतबार धनगढी प्रस्थान गरेका हुन् ।

उनीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मा र प्रादेशिक क्रिकेट संघ गण्डीका अध्यक्ष सञ्जयकान्त सिग्देलले विदाई गरेका छन् ।

प्रतियाेगिता माघ १ देखि १० गते सम्म सञ्चालन हुनेछ । यस पिएम कप महिला राष्ट्रिय टि २० प्रतियोगितामा दुई विभागिय टाेली नेपाल आर्मी क्लब र एपिएफ क्लब, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेश गरि ६ टिमकाे सहभागीता रहेकाे छ ।

त्यस्तै गण्डकीका ४ जना महत्वपूर्ण खेलाडीहरु ज्योत्सिनका मरासिनी, सिमाना केसी, कुशुम गोदार र रचना कुमार चौधरी एसिया कपका लागि छनौटमा परेका छन् ।

उनीहरु विना नै यस प्रतियाेगितामा गण्डकीका खेलाडीहरु क्रिकेट मैदानमा उत्रदै छन् । तर अन्य खेलाडीहरुकाे पनि राम्रै भएकाले यस प्रदेशबाट सहभागी हुने खेलाडीहरुले उत्कृष्ट पफमेन्स दिने अाफु विश्वस्त रहेकाे अध्यक्ष सिग्देलले बताएका छन् ।

यस प्रतियाेगितामा गण्डकीकाे टाेलीमा श्रीजना पौडेल (कप्तान), श्रेया शाह, धनकुमारी क्षेत्री, मनीका लामिछाने, सलिना सेन, रेखा तामाङ, अपेक्ष्या बुढाथोकी, निरु जि.टी., चन्द्रमाया बराल, आकृति तिवारी, यशोदा भुजेल, श्रेया शर्मा, जेनीसा खत्री र रिया तामाङ रहेका छन् ।

यस्तै टिम प्रशिक्षकमा दिपेश खत्री, सहायक प्रशिक्षकमा ऋषीकेश शर्मा पौडेल, टेक्निकल एनालिष्टमा दिवाकर थापा र टिम म्यानेजरमा माया तिवारी रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्