रास्वपाका सभापति एंव पूर्व गृहमन्त्री लामिछाने पुन: न्यायीक हिरासतमा
  • प्रमुख खबर

काठ्माण्डाैं ।।
काठ्माण्डाैं स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अदालत उपस्थित गराइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एंव पूर्व गृहमन्त्री रवि लामिछालाई पुन: प्रहरीको जिम्मा लगाउने आदेश भएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहस नभ्याइएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हाे ।

जिल्लाको यो आदेशपछि पोखराबाट धरौटीमा रिहा भएका लामिछाने आज पुन:न्यायिक हिरासतमा गएका छन् । जिल्ला न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा उनकाे बयान भएको थियाे ।

लामिछानेको बयान सकेपनि पनि अदालतमा बहसका लागि सरकारी पक्षका वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले लामिछानेको बयान अध्ययन नगरेकाले आज बहस गर्न नसक्ने भनी इजलासमा कुरा उठाएपछि न्यायाधीशले यस्तो आदेश गरेका हुन् ।

उनलाई सोमबार पुनः अदालत पेस गर्ने गरी न्यायाधीशले प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्