पुनर्निर्माणको प्रतिबद्धता सहित पोखराको ऐतिहासिक गेट हटाइयो
  • प्रमुख खबर

पोखरा महानगरपालिकाले पृथ्वी राजमार्ग विस्तारको क्रममा ऐतिहासिक “पोखरा गेट” हटाएको छ। अमरसिंह चोक र औद्योगिक क्षेत्रबीच रहेको यो गेट विकास निर्माणको अवरोध नबन्ने साझा सहमतिमा हटाइएको हो।

महानगरले केही दिनअघि सर्वपक्षीय बैठकको आयोजना गरी यो निर्णय गरेको थियो। सुरक्षाकर्मी, महानगर प्रहरी, र निर्माण कम्पनीको सहकार्यमा मेयर धनराज आचार्यको नेतृत्वमा यो काम सफलतापूर्वक सम्पन्न भएको छ।

राजमार्ग विस्तार तीव्र गतिमा अघि बढिरहेको अवस्थामा महानगरपालिकाले गेटलाई उपयुक्त स्थानमा पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।

महानगरले सरोकारवालाहरूलाई विकास र पूर्वाधार निर्माणमा सहकार्य गर्न आग्रह गर्दै व्यवस्थित र समृद्ध पोखरा निर्माणमा हातेमालो गर्न आह्वान गरेको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्