सिन्धुपाल्चोक हुने बिच भलिबलमा गण्डकीकाे पनि सहभागीता रहने
  • प्रमुख खबर

पाेखरा ।।

७ अाैं महिला तथा ८ अाैं पुरूष राष्ट्रिय बिच भलिबल २०८१ गण्डकी प्रदेश भलिबल संघले सहभागिता जनाउने भएको छ ।

सिन्धुपाल्चोक भलिबल संघको आयोजनामा हुने उक्त बिच भलिबलमा गण्डकी प्रदेश भलिबल संघले सहभागीता जनाउने भएको हाे ।

प्रतियाेगिता माघ १ देखि ५ गते सम्म सिन्धुपाल्चोकको सुकुटेमा हुँदैछ । साे प्रतियाेगितामा गण्डकीबाट महिलातर्फ २ र पुरुषतर्फ २ गरी ४ टिमले सहभागिता जनाउने छ ।

गण्डकीको महिलातर्फकाे यस बिच भलिबलमा रेबिना घर्ती र काजल छन्त्याल साथै अर्काे टिममा प्रतिक्षा सेन ठकुरी र सोइङ थापा रहेका छन् ।

त्यस्तै पुरूषतर्फ विवश आले र नर बहादुर सुनार साथै अर्काे टिममा विश्वास अधिकारी राजु परियार रहेकाे गण्डकी प्रदेश भलिबल संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्