जिल्ला प्रशासन कार्यालय मुस्ताङको पुरानो भवनमा आगलागी
  • प्रमुख खबर

मुस्ताङ ।।

जिल्ला प्रशासन कार्यालय मुस्ताङको पुरानो भवनमा आगलागी भएको छ ।

साे आगलागीमा परि मुस्ताङका प्रमुख जिल्ला अधिकारीका पिएसओ हवल्दार खेमप्रसाद तिवारी घाईते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका इन्स्पेक्टर गणेश सुवेदीले जानकारी दिएका छन् ।

घाइते तिवारीलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको छ । उनकाे दुवै हात र अनुहार जलेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण विद्युत सट वा ग्यास लिक भएर हुनसक्ने सुवेदीले बताएका छन् । घाइते तिवारी आगलागी भएको थाहा पाएपछि झ्यालबाट हाम फालेर बाहिर निस्किएका थिए ।

मुस्ताङ प्रशासनको पुरानो भवनमा विहान १ः ३० भएको आगलागी प्रहरी र स्थानीयबासीको सहयोगमा बिहान ३ः१५मा पूर्ण नियन्त्रणमा लिइएको थियो ।

उक्त प्रशासनको भवनको माथिल्लो तलाको एक कोठामा सहायक सिडियोको क्वाटर र अर्कोमा सिडियोका पिएसओ बस्ने गर्थे ।

आगलागीबाट प्रशासन कार्यालयको भवनमा आशिंक क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने प्राप्त भइनसकेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्