थाइल्यान्डमा फसेका एक नेपालीको उद्धार गरि नेपाल फिर्ता ल्याइयो
  • प्रमुख खबर

थाइल्यान्डमा अलपत्र परेका एक नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको छ।

लाओसको गोल्डन ट्र्याङ्गलमा आकर्षक रोजगारीको प्रलोभनमा पारी गैरकानुनी काममा बाध्य गरिएका ती व्यक्ति थाइल्यान्ड छिरेपछि त्यहाँस्थित नेपाली दूतावासले थाई सरकारको सहयोगमा उनको उद्धार गरेको हो।

दूतावासका अनुसार ती व्यक्तिलाई शुक्रबार नेपाल फिर्ता पठाइएको छ। साथै, वैदेशिक रोजगारीमा जानुअघि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार श्रम स्वीकृति लिन दूतावासले सबै नेपाली नागरिकलाई आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्