नेपाल निर्माण व्यवसायी महासंघले दियाे सरकारलाई १५ दिने अल्टिमेटम
  • प्रमुख खबर

काठ्माण्डाैं ।।
निर्माण व्यवसायीहरूका माग र समस्यालाई सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिँदै नेपाल निर्माण व्यवसायी महासंघले ज्ञापनपत्र बुझाएको छ ।

महासंघले शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ज्ञापनपत्र बुझाएको हाे ।

भुक्तानी अभाव र सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनमा देखिएको म्याद थपसम्बन्धी कानूनी जटिलता हटाउन माग गर्दै मन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएको महासंघका अध्यक्ष रवि सिंहले जनाकारी दिएका छन् ।

त्यस्तै निर्माण कार्य हुने सिजनमा नै सिमेन्ट र डण्डी उद्योगले मूल्यवृद्धि गरेको प्रति महासंघले विराेध समेत जनाएको छ ।

उनका अनुसार यदि व्यवसायीका माग सम्बोधन नभए महासंघले यही माघ १८ गते काठमाण्डौंको माइतीघर मण्डलामा धर्ना दिने चेतावनी दिएको छ ।

यति गर्दा पनि माग सम्बोधन नभए माघ २१ गतेदेखि काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाका ठप्प पार्ने चेतावनी समेत दिएकाे अध्यक्ष सिंहले बताए ।

महासंघले बुझाएको उक्त ज्ञापन पत्रमा सरकारले बेलैमा व्यवसायीका माग सम्बोधन नगरे राष्ट्रिय गौरवका आयोजनासहित सबै किसिमका निर्माण कार्य ठप्प पारेर आन्दोलनका कार्यक्रमलाई अगाडि बढाउने जनाएको छ ।

यस्तै ज्ञापनपत्र बुझ्दै यातायातमन्त्री दाहालले सडकमा समस्या नआउने वातावरण तयार पार्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्