सरकारले ल्याएकाे अध्यादेशप्रति विपक्षी ६ दलहरूले गम्भीर ध्यानाकर्षण
  • प्रमुख खबर

काठ्माण्डाैं ।।
संसद् छलेर सरकारले ल्याएकाे अध्यादेशप्रति विपक्षी ६ दलहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संसदमार्फत विधेयकका रूपमा ल्याउनुपर्ने कानूनहरू अध्यादेशबाट ल्याएको भन्दै विपक्षी दलहरूले
सरकारको साे कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

त्यस्तै तत्काल संसद्को हिउँदे अधिवेशन आह्वान गर्न समेत सरकारसँग माग गरेका छन् ।

शुक्रबार बसेकाे विपक्षी दलको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै सरकारले तत्काल संसद् अधिवेशनको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने चेतावनी दिएका छन् ।

शान्ति प्रक्रियाका बाँकी कामसँग सम्बन्धित बेपत्ता नागरिकको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग गठनको प्रक्रिया अवरुद्ध पारिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

यस्तै यसै विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाएका छन् ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्