माघ ६ गते पाेखराकाे फेवा फाँटमा प्रथम दाईं महोत्सव हुने
  • प्रमुख खबर

पाेखरा ।।

पोखरा पर्यटन परिषदको आयोजनामा प्रथम दाईं महोत्सव हुने भएको छ । महाेत्सव पोखरा–२३ फेवा फाँट, मार्गी (पामे)मा यहि माघ ६ गते हुने भएको हो ।

गत असार १५ गते सम्पन्न रोपाईं महाेत्सव भएको स्थानमा नै माघ ६ गते विहान ८ बजेबाट दाईं महोत्सव हुने परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिएका छन् ।

उनका अनसार कार्यक्रमकाे उद्घाटन गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले गर्ने तय भएको छ ।

साे दाईं महोत्सवमा धान चुट्ने, धानको राश बनाउने र बत्ताउने कार्य हुनेछ भने १० वटा गोरु र ३० जना दाईं हाल्ने मान्छे सहभागि हुनेछन् ।

परम्परागत दाईंको झल्को दिन खाजा र खानापनि परालमाथि र बारीको पाटामा बसेर खाने व्यवस्था गरिने समेत अध्यक्ष पहारीले बताएका छन् ।

यस दाईं महोत्सवमा स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक र विभिन्न विद्यालयका विद्यार्थीहरुलाई पनि सहभागी गराइने परिषद्ले जनाएको छ ।

विशेषगरी मौलिक तथा परम्परागत दाईंको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हाे ।

यस महाेत्सवबाट लोपोन्मुख अवस्थामा पुगेको गोरुले दाईं गर्ने परम्परा संरक्षण र प्रवद्र्धनमा ठूलो सहयाेग पुग्ने विश्वास परिषद्ले लिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्