पाेखरामा दोस्रो विश्व विद्यालय खेलकुद प्रतियोगिता हुने
  • प्रमुख खबर

पाेखरा ।।

दोस्रो विश्व विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा माघ २३ गतदेखि पाेखरामा साे प्रतियोगिता हुने भएको हाे ।

विश्व विद्यालय अनुदान आयोगको समन्वय तथा गण्डकी विश्वविद्यालयको सह–आयोजनामा हुने यस प्रतियोगितामा विभिन्न ४ खेलमा प्रतिस्पर्धा हुने भएको छ ।

यस प्रतियोगिता अन्तर्गत भलिबल, एथलेटिक्स, टेबलटेनिस र ब्याडमिन्टनका खेलहरु हुनेछन् । जसमा १७ स्वर्णका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक समेत रहेका राखेपका सदस्य डा.मधुसुदन सुवेदीले जनाएका छन् ।

यस प्रतियोगितामा भलिबलमा पुरुषतर्फ मात्र खेल हुनेछ । एथलेटिक्समा पुरुष/महिलातर्फ समान ४–४ तथा टेबलटेनिस र ब्याडमिन्टनमा समान २–२ स्पर्धामा खेल हुनेछ ।

प्रतियोगितामा १० विश्वविद्यालयका २ सय ६० खेलाडीहरु सहभागी हुने आयाेजकले जनाएको छ ।

दुईदिन सम्म सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरु पोखरा रंगशाला भित्र नै खेलाइने छ भने प्रतियोगिता सम्पन्न गर्न करिब ४० लाख खर्च लाग्ने अनुमान राखेपकाे रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्