गुप्तेश्वर क्याम्पसको १७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
  • प्रमुख खबर

पोखरा ।।

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखराको १७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभाध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले गरेका थिए ।

थापाले संघिय सरकारको शिक्षा नीति आए सँगै प्रदेश सरकारको समेत शिक्षा नीति तयार हुने र उक्त शिक्षा नीतिले विद्यार्थी पलायन रोक्ने, विद्यार्थीले पढ्दै कमाउदै गर्ने व्यवस्था, जिवन उपयोगी एवम् सिपमुलक शिक्षा तथा उच्च शिक्षालाई समेत ध्यान दिने कुरामा जोड दिए । साथै क्याम्पसले नयाँ नयाँ अभ्यास गरेको तथा क्याम्पसको पुस्तकालय, ल्याबहरु अवलोकन र गण्डकी प्रदेशमै उत्कृष्ट क्याम्पसको रुपमा स्थापित भएको देख्दा खुसी व्यक्त गरे ।

कार्यक्रमा विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय भिम कार्कीले पोखरा पर्यटन क्षेत्र भएको र वी.एच.एम. कार्यक्रमबाट उत्पादन भएका जनशक्तिले पर्यटन क्षेत्रमा थप टेवा पुग्ने कुरा बताए । शैक्षिक गुणस्तरका लागी हाम्रा विद्यार्थीलाई नैतिक, सामाजिक तथा सांस्कारिक शिक्षा दिएर जनशक्ति उत्पादन गर्नुपर्ने विषयमा अगाडि बढ्नु पर्ने बताए ।

त्यसै गरी विशिष्ट अतिथि माननीय प्रकाश बरालले शिक्षा नीति लिने बेलामा संयम भएर लिनु पर्ने र अब बोल्ने होइन गर्ने बेला भएको बताए । अब प्रदेशमा समेत शिक्षाको बजेट बारेमा गम्भिर भएर छलफल गरेका छौ । प्रदेशको उच्च शिक्षा नीति हाल सम्म पनी नभएकाले उच्च शिक्षाको लागि प्रदेशले काम गर्न बाँकी रहेको बताए । विश्वविद्यालय अनुदान आयोग, क्यू.ए.ए. डिभिजनका विज्ञ प्रा.डा. प्रदिपचन्द्र गौतमले जव सम्म शिक्षाको विकास हुदैन त्यहाँ देशको विकास हुदैन । हाम्रो देशमा शिक्षाको विकास के हो भन्ने विषयमा अन्यौल रहेकोमा हामी पछि परेकोमा दुख व्यक्त गरे ।

कार्यक्रमका सभाध्यक्ष तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले क्याम्पसले हरेक कार्यक्रम नयाँ पनका र शिर्जनसिल किसिमका कार्यहरु गरेको बताए । क्याम्पसको आजसम्मको प्रगतिमा अग्रजहरुको महत्वपूर्ण योगदान रहेको र विद्यार्थीका भोलिका जिवन सफल बनाउन हामी सवै लागेका छौ र उज्ज्वल भविष्यको लागि हामी कटिवद्ध भएर लाग्ने कुरामा जोड दिदै क्याम्पस प्रदेशमै उत्कृष्ट भएको र अब देशमै उत्कृष्ट हुन हामी लागी पर्ने प्रतिवद्धता व्यक्त गरे ।

गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष श्री लछुमण वास्तोलाले क्याम्पसको विकासका लागि गुफा व्यवस्थापन समिति सदैव साथ रहेको र क्याम्पसलाई शैक्षिक केन्द्रको रुपमा विकसित बनाउदै लानु पर्ने बताए ।

पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. हरि पाठकले क्याम्पस प्रमुखको प्रतिवेदनबाट क्याम्पसले शैक्षिक उन्नवयन गरेको कुरामा खुसी व्यक्त गर्दै क्याम्पसलाई शुभकामना व्यक्त गरे । पोखरा १७ का वडा अध्यक्ष श्री राधिकाकुमारी शाहीले स्थानीय स्तरमा रहनुभएका अग्रजहरुको मेहेनतले आज क्याम्पस गण्डकी प्रदेशकै उत्कृष्ट क्याम्पस बन्न सफल भएकोमा खुसी व्यक्त गरीन् ।

क्याम्पसको निवर्तमान अध्यक्ष प्रा.डा. टंकराज अधिकारीले शिक्षक तथा कर्मचारीको वृति विकास गर्न सके क्याम्पसको प्रगतिको हुने कुरामा जोड दिए । क्याम्पसमा सञ्चालित वी.एच.एम. कार्यक्रम गण्डक प्रदेशमै सामुदायिक क्याम्पसको एकमात्र क्याम्पस भएकाले प्रदेश सरकारले अपनत्व लिनु पर्ने बताए । क्याम्पसलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्नु पर्ने विषयमा जोड दिनुभएको थियो । राज्यमा देखिएको युवा पलाएन रोक्न आवश्यक नीति लिनु पर्ने बताउनु भएको थियो

कार्यक्रमका गुप्तेश्वर सिजर्नशिल विद्यार्थी मञ्चका अध्यक्ष शिवम् शाही ठकुरीले क्याम्पसमा रोजगार मुलक तथा प्राविधिक विषयका कार्यक्रमहरु थप गर्दै जानु पर्ने तथा दिक्षित विद्यार्थीको लागि रोजगारमुलक तालिमहरुको व्यवस्था गर्नुपर्ने विषयमा प्रकाश पारे ।

त्यसै गरी आदिकवी भानुभक्त क्याम्पस तनहुँका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले सामुदायिक क्याम्पस बनाउन गासँ काटेर लागेका, अक्षयकोष स्थापना गरेका महानुभावहरुको भावना बमोजिम नेपालमा संविधान नीति नियम बन्न नसकेको कुरा राखे ।सामुदायिक क्याम्पसलाई संघिय वा प्रदेश सरकारले जिम्मा लिन नसकि वेवारीसे छोडेको कुरा राख्नु भएको थियो । राज्यमा आंगिक क्याम्पस भन्दा सामुदायिक क्याम्पस धेरै छन्, देशको लागि धेरै जनशक्ति सामुदायिक क्याम्पसले उत्पादन गरेको छ तर राज्य अनुदार भएको बताउनु भएको छ । सामुदायिक क्याम्पसमा कार्यरत शिक्षकलाई राज्यले सह–प्राध्यापकको मान्यता दिन नसकेको गुनासो समेत व्यक्त गरे । साथै सबैले आ- आफ्नोधारणा राखेका थिए ।

क्याम्पस प्रमुख धर्मराज बरालले क्याम्पसका गतिविधिहरु रहेको शैक्षिक प्रतिवेदन प्रस्तुत गरे । साथै कार्यक्रममा स्वागत् मन्तव्य क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ऋतुनाथ लम्सालले राखेका थिए भने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख मोहन भण्डारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्