नेपाली महिला राष्ट्रिय खो खो टोली विश्वकप प्रतियोगिताको फाइनलमा
  • प्रमुख खबर

काठ्माण्डाैं ।।
नेपाली महिला राष्ट्रिय खो खो टोली विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले युगान्डालाई पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हाे ।

नेपालले विगतदेखि वर्तमानसम्म सहभागिता जनाएका विभिन्न खेलमध्ये विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा नेपालले युगान्डालाई ८९–१८ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो ।

नेपाली महिला राष्ट्रिय खोखो टोलीले युगान्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ ।

नेपालले सहभागिता जनाउने खेलअन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो ।

महिलातर्फ समूह ‘सी’मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलङ्कालाई ११०–१० ले र चौथो खेलमा बङ्गलादेशलाई ८४–२४ ले पराजित गरेको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्