पोखरा सबै मौसमका लागि उपयुक्त भन्दै पोखरा पर्यटन परिषदको आयोजनामा प्रथम दाईं महोत्सव सम्पन्न
  • प्रमुख खबर

पाेखरा ।।
पोखरा पर्यटन परिषदको आयोजनामा प्रथम दाईं महोत्सव सम्पन्न भएको छ । पोखरा–२३ फेवा फाँट, मार्गी (पामे)मा अाइतबार उक्त महाेत्सव सम्पन्न भएको हाे ।

परिषद्ले गत असार १५ गते सम्पन्न गरेकाे रोपाईं महाेत्सव भएको स्थानमा नै दाईं महोत्सव गरेकाे हाे । महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिं गुरुङले उद्घाटन गरेका थिए ।

साे दाईं महोत्सवमा १० वटा गोरु र ३० जना दाईं हाल्ने मान्छे सहभागि गराई धान चुट्ने, धानको राश बनाउने र बत्ताउने कार्य गरिएको थियाे ।

महोत्सवको अवसरमा दाईंमा सहभागी हुनेहरुलाई परम्परागत दाईंको झल्को दिन खाजा र खानापनि परालमाथि र बारीको पाटामा बसेर खान दिइएको परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिएका छन् ।

यही महाेत्सवकाे विषयलाई लिएर हामीले अध्यक्ष पहारीलाई प्रश्न गरेका थियौ, मंसिरमा गर्नुपर्ने दाईं अहिले माघमा गर्दा यसले के सन्देश दिन खाेजेकाे हाे र यसले हाम्राे परम्परा र संस्कृतिमाथि नकारात्मक असर अनि भ्रम सृजना गर्दै ? यसकाे जवाफमा उनले विशेषगरी याे दाईं महाेत्सवले परम्परागत शैलीमा हामीले कसरी खेती भित्राउछाैं भन्ने कुरा पर्यटक र नयाँ पुस्तालाई देखाउने उद्देश्य सहित माघ महिनामा भएपनि दाईं महोत्सव गरिएको प्रमुख खबरसंगकाे कुराकानीमा बताएका छन् ।

याे महाेत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाई छ । याेसंगै सुन्दर पर्यटकीय शहर पोखरा सबै मौसमका लागि उपयुक्त भएको सन्देश दिन र याे प्राकृतिक रुपमा मात्र नभएर परम्परा र सांस्कृतिक रुपमा पनि धनी र आकर्षक गन्तव्यका रुपमा अझ स्थापित गराउन दाईं महोत्सवले सघाउने विश्वास सहित महाेत्सव अायाेजना गरिएको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्