पाेखरा ।।
संघीय संसदको अधिवेशन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले
आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सरकारकाे सिफारिसमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरिएको उल्लेख छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।