तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना, दुई जनाकाे मृत्यु
  • प्रमुख खबर

तनँहु ।।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना भएको छ ।

दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको गण्डकी प्रदेश ०३–००१ प०३१० नम्बरको मोटरसाइकल मंगलबार
विहान दुर्घटना भएको हाे ।

उक्त दुर्घटनामा दुई जनाको मृत्यु समेत भएको छ । साे माेटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृत्यु भएकाकाे पहिचान भने नखुलेकाे जिल्ला प्रहरी कार्यालय तनँहुका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिएका छन् ।

उनका अनुसार हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई सडकबाट खसेकाे हुन सक्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्