तनँहु ।।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा भएको दुर्घटनामा मृत्यु हुने आमा छोरा रहेको पुष्टि भएको छ ।
दमौलीबाट डुम्रेतर्फ गइरहेको गण्डकी प्रदेश ०३ ००१ प ०३१० नम्बरको मोटरसाइकल पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा मंगलबार विहान दुर्घटनामा परेको थियो ।
मृत्यु हुनेमा रिसिङ गाउँपालिका वडा नं. ६, चालिसे घर भई व्यास नगरपालिका ५ पाटन बस्ने वर्ष १९ का मोटरसाइकल चालक सन्दीप आले र मोटरसाइकल पछाडि सवार ४० वर्षिय उनकी आमा मधु माया आले रहेको जिल्ला प्रहरी कार्यालय तनँहुले जानकारी दिएको छ ।
प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाउँदा बायाँ साइडतर्फ कल्भर्टमा ठोक्किएर दुर्घटनामा परेको बताएकाे छ ।