नेशनल र्‍याफ्टिङ च्याम्पियनसिप २०८१ हुने
  • प्रमुख खबर

पाेखरा ।।

नेशनल र्‍याफ्टिङ च्याम्पियनसिप २०८१ आयाेजना हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीकाे आयाेजनामा साहसिक पर्यटकीय खेल र्‍याफ्टिङ प्रतियोगिता हुने भएको हाे ।

परिषद्ले आफ्नाे वार्षिक कार्यक्रम अन्तर्गत ‘नेशनल र्‍याफ्टिङ च्याम्पियनसिप २०८१’ (अल्ट्रा र्‍याफ्टिङ म्याराथन) आयोजना गर्न लागेको जनाएको छ ।

उक्त प्रतियोगिता माघ १६ र १७ गते गरि दुई दिन सञ्चालन हुने भएको छ । परिषद्का अनुसार मनकामना फिस्लिङबाट देवघाटसम्म यो प्रतियोगिता हुनेछ ।

परिषद्ले प्रतियोगितामा सहभागी हुन चाहाने इच्छुक टिमलाई सहभागीताका लागि आह्वान गर्दै र्‍याफ्टिङका लागि आवश्यक खेल सामग्री (लाइफ ज्याकेज, हेल्मेट, प्याडल, र्‍याफ्ट) आफैं व्यवस्थापन गर्नुपर्ने समेत बताएको छ ।

त्यस्तै प्रतियोगिताकाे दाैरान कहिलेकाही हुन सक्ने दुर्घटनालाई कम गर्न सबै खेलाडीले पौडी खेल्न जानेको हुनुपर्ने सर्त परिषद्ले राखेकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्