पाेखरा ।।
खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्ती (एमबी आस्था) विजयी भएका छन् । मञ्चकाे विहिबार सम्पन्न तेस्रो अधिवेशनबाट घर्ती विजयी भएका हुन् ।
एमबीले अध्यक्ष पदका अर्का उम्मेद्वार सुरज श्रेष्ठलाई पराजित गर्न सफल भएका हुन् । निवर्तमान सदस्य एमबीले ३६ मत प्राप्त गर्दा निवर्तमान उपाध्यक्ष श्रेष्ठले जम्मा २७ मत मात्र प्राप्त गरेका थिए ।
उपाध्यक्ष (समावेशी)तर्फ भने उमा आलेमगर निर्वाचित भएकी छन् । उनले प्रतिद्वन्द्वी राधिका कँडेललाई पराजित गर्न सफल भएकी हुन् । आलेमगरले ३६ मत पाउँदा कँडेलले २७ मत ल्याएकी थिइन् ।
महासचिवमा पर्शुराम शर्माले ३८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । शर्माले २५ मत मात्र पाएकी लक्ष्मी जि.सी (पल्पसा)माथि विजय प्राप्त गरेका हुन् ।
सचिवमा राजु गिरी ४१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कविता घर्तीमगरले २३ मत पाएकी थिइन् । त्यस्तै उपाध्यक्षमा राजाराम पौडेल र कोषाध्यक्षमा विमल तिवारी भने निर्विरोध निर्वाचित भएका थिए ।
यस्तै सदस्यहरुमा गीता राना, कृष्ण दवाडी, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त शेर्पा), रिखिराम जि.सी, विजय नेपाली र बालकुमारी पौडेल चुनिएका छन् ।