राप्रपाद्वारा सरकारविरुद्धको जनसंघर्षलाई सशक्त बनाउने
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

सरकारविरुद्धको जनसंघर्षलाई सशक्त बनाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जनाएको छ । शुक्रबारबाट काठमाडौँमा सुरु भएको राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले साे निर्णय गरेकाे हाे ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न माग राख्दै पार्टीले गरिरहेको आन्दोलन र जनसंघर्षलाई ठोस स्वरूप दिएर सशक्त बनाउने बताएका छन् ।

साे बैकठमा पार्टीका आगामी रणनीति, सरकारको कार्यशैलीको समीक्षा लगायका विषयमा समेत छलफल हुने उनले बताए ।

दुई ठूला दल कांग्रेस–एमाले मिलेर बनेको सरकारले जनतामा अाशा जागृत हुने गरेर कार्यसम्पादन गर्नुकाे सट्टा निराशा पैदा गरेकाे बताउँदै अर्थतन्त्र समेत शिथिल हुँदै गएको पार्टी अध्यक्ष लिङ्देनले बताए ।

उनले सरकारले प्रजातन्त्रलाई समेत कमजोर बनाउने गरी संसदलाई छलेर अध्यादेशमार्फत मुलुक सञ्चालन गर्ने परिस्थितिमा समेत बैठकमा समीक्षा हुने बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्