“कायापलट ल्याउँछौं स्वदेशमै, युवा उद्यमशिलताको सम्मान गरौं”भन्दै ड्याडिज किचनकाे पून: नयाँ शाखा बिस्तार
  • प्रमुख खबर

smart

पाेखरा ।।

“कायापलट ल्याउँछौं स्वदेशमै, युवा उद्यमशिलताको सम्मान गरौं”भन्ने नाराका साथ ड्याडिज किचनले फेरि आफ्नाे नयाँ शाखा बिस्तार गरेकाे छ ।

पोखराको चिप्लेढुंगामा ड्याडिजले आफ्नाे चाैथाे शाखा बिस्तार गर्न सफल भएको हाे । सन् २०१२ मा बुटवलको दीपनगरमा ठेलागाडाबाट सुरु भएको व्यवसाय पछि फुड ट्रक, क्याफेहुँदै रेष्टुरेण्टको रुपमा सञ्चालन गरेकाे हाे ।

शुक्रबारदेखि सञ्चालनमा आएको चिप्लेढुंगास्थित ड्याडिज किचनको पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र ८४ वर्षिया ज्येष्ठ नागरिक लक्ष्मीदेवी द्वाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

चार करोड लागतमा सञ्चालनमा आएको चिप्लेढुंगा शाखामा ईण्डियन तथा कन्टिनेन्टल मल्टि कुजिन, विभिन्न प्रकारका गुणस्तरीय खाना तथा खाजाहरु पाईने यसका अध्यक्ष कमलजंग कुँवरले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

अध्यक्ष कुँवरका अनुसार आफुहरु १० वर्ष अगाडि पाेखरा आएकाे र वडा नम्बर १७, बिराैटामा ड्याडिज फुड ट्रककाे रुपमा व्यवसाय सञ्चालन गरिरेकाे तर पाेखरेलीहरुकाे अपार सहयाेग, सद्भाव र साथले यस पर्यटकीय राजधानी पाेखरामा हाल ४ वटा शाखा बिस्तार गर्न सफल भएको र चिप्लेढुंगाकाे शाखा भने चाैथाे भएको बताए ।

पोखराका ४ वटा शाखामा भने १५ करोड लगानी भएको उनले बताए । उनले अन्य शाखाहरुबाट जस्तै चिप्लेढुंगा शाखाबाट पनि फुड डेलिभरीको सुविधा हुने बताए ।

चिप्लेढुंगा स्थित शाखामा दुई वटा मिटिङ हल, प्राइभेट स्पेस, दैनिक लाइभ म्यूजिक, बर्थ–डे लगायतका कार्यक्रमहरुको सेलेब्रेसन गर्न मिल्ने सुविधा रहेको समेत उनले बताए ।

हाल ड्याडिजकाे देशभर २२ वटा शाखाहरु छन् । चिप्लेढुंगा सहित २२ वटा शाखाहरुमा ड्याडिज किचन, ड्याडिज ट्रक, ड्याडिज एक्सप्रेस, कुकर कफी, हिपत रेष्टुरेण्ट तथा विभिन्न प्रतिष्ठित संस्थाहरुमा क्यान्टिन सञ्चालनमा रहेको उनले जानकारी दिए ।

अध्यक्ष कुँवरका अनुसार ड्याडिज किचनले चाँडै २५ वटा शाखा पुर्‍याउने लक्ष्य राखेको पनि बताए ।

त्यस्तै सन् २०२५ सम्म भारतकाे राजधानी नयाँ दिल्लीबाट ड्याडिज किचन नामबाट थप सेवा बिस्तार गर्ने याेजना रहेकाे पनि उनले जनाए ।

अहिले ड्याडिजले देशभर ७ सय जना बढीलाई प्रत्यक्ष रुपमा राेजगार दिइरहेकाे छ । यस्तै पाेखराकाे ४ वटा शाखाहरुबाट समेत २ सय ७० जना बढीले राेजगार पाएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्