२४ औ संस्करणकाे आहा रारा गाेल्डकपमा ११ टिमकाे सहभागीता
  • प्रमुख खबर

पाेखरा ।।
२४ औ संस्करणकाे आहा रारा गाेल्डकपमा ११ टिमकाे सहभागीता रहनेछ । सहारा क्लब पाेखराले अाइतबार पत्रकार सम्मेलन गर्दै साे कुराकाे जानकारी दिएकाे हाे ।

सन् २००२ बाट सुरू भएको यस प्रतियोगिता पोखराको पहिचान समेत बनेकाे छ । यस प्रतियोगिता नेपालका विभिन्न ठाउँहरुमा अायाेजना हुने फुटबल प्रतियाेगिता भन्दा सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो ।

माघ २२ गतेबाट पाेखरा रंगशालामा हुने यस फुटबल प्रतियाेगितामा आयोजक सहारा क्लब पोखरासहित नेपाली ‘ए’ डिभिजनका क्लब विभागिय टोली एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्रि स्टार क्लब, मछिन्द्र क्लब, संकटा यूथ क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, ब्रिगेड ब्वाइज यु.के, एनआरटी फुटबल क्लब, थन्डर नर्थ युनाइटेड क्लब सिकिमको सहभागिता हुने भएको छ ।

ब्रिगेड ब्वाइज क्लब यू.के र थन्डर नर्थ युनाइटेड क्लब सिक्किम गरि यी दुईवटा टिमले भनेमा पहिलो सहभागिता जनाउन लागेकाे क्लबका अध्यक्ष रामजी प्रसाद अधिकारीले जानकारी दिएका छन् ।

विगत २४ वर्षदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएकाे यस प्रतियाेगिता सम्पन्न गर्न १ करोड ४२ लाख २० हजार खर्च हुने आयाेजकले जनाएको छ ।

त्यस्तै अनुमानित अाम्दानी भने करिब १ करोड ५१ लाख रुपैयाँ गरिएको छ । खर्च कटाएर बचत हुने रकम भने कठिन परिस्थिति एंव विपन्न वर्गका बालकहरु सम्मेलित सूर्य बहादुर के.सी.स्मृति फुटबल एकेडेमीमा लगानी गरिने पनि क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्