पोखरा ।।
२४ औं संस्करणकाे आहा रारा गोल्डकप खेल्न युकेकाे फुटबल टोली नेपाल आइपुगेका छन् ।
सहारा क्लबकाे आयाेजनामा माघ २२ गते देखि पाेखरा रंगशालामा हुने यस प्रतियोगितामा सहभागी हुन युकेकाे ब्रिगेड ब्याइज फुटबल क्लब साेमबार नेपाल आइपुगेका हुन् ।
उनीहरुलाई क्लबका संस्थापक कार्यसमिति सदस्य शान्ति के.सी लगायतका टिमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
यस २४ औं आहा रारा गोल्डकपमा युकेकाे ब्रिगेड ब्याइज फुटबल क्लब सहित त्रिभुवन आर्मी फुटबल क्लब, थ्रि स्टार, मछिन्द्र फुटबल क्लब, एनआरटी, एपिआई पावर चर्च ब्वाइज युनाइटेड क्लब, संकटा, नेपाल पुलिस, एपिएफ, थन्डर नर्थ युनाइटेड क्लब भारत र आयोजक सहारा क्लब लगायतको सहभागीता रहने छ ।
आयाेजकका अनुसार प्रतियोगितामा सहभागी जनाउने १२ टिममध्ये हालसम्म ११ टिमको टुंगो लागिसकेको जनाएको छ ।
विगत २४ वर्षदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएकाे यस प्रतियाेगिता सम्पन्न गर्न १ करोड ४२ लाख २० हजार खर्च हुने आयाेजकले जनाएको छ ।
त्यस्तै अनुमानित आम्दानी भने करिब १ करोड ५१ लाख रुपैयाँ गरिएको छ । खर्च कटाएर बचत हुने रकम भने कठिन परिस्थिति एंव विपन्न वर्गका बालकहरु सम्मेलित सूर्य बहादुर के.सी.स्मृति फुटबल एकेडेमीमा लगानी गरिने पनि क्लबले जनाएको