पाेखरा ।।
गण्डकी प्रदेश सरकारले यस अार्थिक वर्षबाट हालसम्म वन्यजन्तुबाट भएको क्षतिकाे १ करोड १० लाख रकम राहत स्वरुप वितरण गरेकाे छ ।
गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले मन्त्रालय सम्हालेकाे एक सय दिने उपलब्धी सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा साे कुरा बताएका हुन् ।
उनका अनुसार वन्यजन्तुबाट भएको क्षतिकाे वितरण निर्देशिका २०८० बमोजिम विभिन्न ९ जिल्लामा वन्यजन्तुले पुर्याएकाे क्षतिको राहत वितरण गरिएको हाे ।
सबैभन्दा बढी गोरखा जिल्लामा ३३ लाख ९० हजार ५ सय र वितरण गरिएको छ । तनहुँमा १७ लाख ६५ हजार २ सय ३९, बागलुङमा १ लाख ८२ हजार, म्यादीमा २ लाख ८६ हजार, स्याङ्जामा ७ लाख ५१ हजार वितरण गरिएको छ ।
त्यस्तै लमजुङमा १० लाख २२ हजार ६ सय, पर्वतमा १४ लाख ८७ हजार ५ सय, नवलपुरमा १४ लाख ६४ हजार ५ सय ३६ र कास्की मा ६ लाख ६७ हजार वितरण गरिएको छ ।
गण्डकीमा यस आर्थिक वर्षको हालसम्ममा वन्तजन्तुका कारण २ जनाले ज्यान गुमाएका थिए भने ४ जना सख्त घाइते भएका थिए ।
मृतकका परिवारलाई प्रदेश सरकारले जनही १०/१० लाख तथा घाईतेलाई उपचारका लागि २/२ लाख रुपैयाँ प्रदान गरिएको उनले बताए । त्यसबाहेक केही प्रतिशत रकम भने कृषि बालीमा पुर्याएका क्षेतिको रकम प्रदान गरिएको छ ।
मन्त्रालयकाे १०० दिने उपलब्धिमा प्रदेशस्तरमा जलवायु परिवर्तनबाट हुने असरलाई न्यून गर्न वन अनुकुलित तुल्याउन प्रादेशिक जलवायु परिवर्तन रणनीति तथा कार्ययाेजनाकाे मस्यौदा तयार पारेकाे बताए ।
यस्तै मन्त्री पौडेलले पोखरा–३१ पचभैयामा रहेको प्राणी उद्यान वन्य जन्तु उद्धार केन्द्रलाई विस्तार गरेर चिडियाघरका रुपमा विकास गर्ने र त्यसलाई अनुसन्धान केन्द्रसमेत बनाउने तयारीमा गण्डकी सरकार लागिरहेको जानकारी दिए ।
यसकाे लागि प्रदेश सरकारले वन्यजन्तु उद्वार तथा व्यवस्थापन केन्द्र सञ्चालन कार्यविधि २०८१ मस्यौदा तयार परेकाे पनि बताए ।
त्यस्तै गण्डकी प्रदेश सरकारले दीगो वन व्यवस्थापन निर्देशिका तथा वन व्यवस्थापन कार्यविधि बनाएर विगत ४ वर्षदेखि वन पैदावार संकलन र विक्री वितरण रोकिएकोमा उक्त रुख कटान खुलाउने भएको छ ।
गण्डकीमा २०७७ सालदेखि रुख कटान सम्बन्धि कार्यविधी नहुँदा रुख कटान रोकिएको थियो । जसले गर्दा ढलापडा रुखसमेत कटान गर्न नपाउँदा गण्डकीका अधिकांश सामुदायिक तथा सरकारी वनमा रुख कुहिएर जाने अवस्थामा छ । तर अब ढलापडा रुख कटान गर्न मिल्नेगरी कार्यविधी ल्याउन लागेको मन्त्री पौडेलले बताए ।
त्यस्तै वन क्षेत्रकाे ०.०२ हेक्टर वनकाे अतिक्रण पनि हटाइकाे पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।
वन्जयन्तु संरक्षण कार्यतर्फ १२४ जिवित, २५ मृत गरी जम्मा १ सय ४९ वन्यजन्तु उद्धार गरिएको बताउँदै जलाधार संरक्षण र व्यवस्थापनतर्फ ५ वटा सिमसार क्षेत्र व्यवस्थापन, २८ वटा गल्छी पहिरोको उपचार, ९ स्थानमा ३ किमी खोला किनार संरक्षण, २ वटा पानीकाे मुहान संरक्षण, ३ सिँचाइ कुलो निर्माण तथा मर्मत भई ७ हेक्टर खेती योग्य जमिन संरक्षण, ८ हेक्टर क्षतिग्रस्त भूमि पुनस्र्थापना तथा हरियाली प्रवद्र्धन भई सोबाट १० हजारभन्दा बढी घरधुरी लाभान्वित भएको पनि उनले जानकारी दिएका छन् ।