१८ औं बिटी कप एंव ८ औं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने
  • प्रमुख खबर

पाेखरा ।।

बुद्धटोल युवा क्लबकाे आयाेजनामा १८ औं बिटी कप एंव ८ औं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

पोखरा–१ टुंडिखेल स्थित खेलमैदानमा माघ २२ गतेदेखि उक्त प्रतियोगिता हुने भएको हाे ।

यस सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा ५० टिम भन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको क्लबका अध्यक्ष अशिम थापाले बुधबार आयाेजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

उनले प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताएका छन् ।

उप-विजेताले नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने भएका छन् ।

यस्तै प्रतियाेगितामा सर्वाेत्कृष्ट खेलाडी, उत्कृष्ट गाेलरक्षक, डिफेण्डर, मिडफिल्डर र सर्वाधिक गाेलकर्तालाई जनही ७ हजार रुपैयाँ सहित पुरस्कृत गरिने अध्यक्ष थापाले जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव रेशम सापकोटाले जानकारी दिए ।

उनले प्रतियोगितामा ‘एक गोल एक कापी’ को कार्यक्रमलाई सुरु गरेको बताए । अर्थात प्रतियोगिता अवधिभर जति गोल हुन्छ त्यही बराबरको कापी पोखरा १ भित्रको सरकारी विद्यालयलाई सहयोग गर्ने बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्