आहा रारा पोखरा गोल्डकपकाे उद्घाटन खेलमा आयोजक र नेपाल पुलिस आम्नेसाम्ने हुने
  • प्रमुख खबर

पाेखरा ।।
२४ औं संस्करणकाे आहा रारा पोखरा गोल्डकपको टाइसिट सार्वजनिक भएको छ । सहारा क्लब पोखराकाे आयाेजनामा माघ २२ गते देखि पाेखरा रंगशालामा सञ्चालन हुने यस प्रतियाेगिताकाे टाइसिट विहिबार सार्वजनिक भएको हाे ।

प्रतियोगिताकाे उद्घाटन खेलमा समूह ‘ए’ तर्फ रहेकाे आयोजक सहारा क्लब र नेपाल पुलिस आम्नेसाम्ने हुने भएको छ ।

याे समुहमा एनआरटी, चर्च ब्वाइज यूनाइटेड, त्रिभुवन आर्मी क्लब र यूकेको ब्रिगेड ब्वाइज क्लब समेत छन् । तीमध्ये यूके र आर्मीले सिधैँ क्रमशः पहिलो र तेस्रो क्वाटरफाइनल खेल्ने छन् ।

समूह ‘बि’ मा एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ यूनाइटेड, संकटा, थ्रिस्टार र उजेकिस्तानको ब्लाक बुल्स फुटबल क्लब छन् ।

यस प्रतियोगितामा पहिलो पटक सेन्ट्रल एसियाको देश उज्वेकिस्तानले सहभागीता जनाउन लागेकाे आयाेजकले जनाएको छ ।

उज्बेकिस्तानकाे सहभागीतासंगै १२ टिमलाई पोखरेली दर्शकले फुटबल खेलकाे मैदानमा हेर्न पाउने भएका छन् ।

फागुन ३ गतेसम्म सञ्चालन हुने यस २४ औं आहा रारा पोखरा गोल्डकप सम्पन्न गर्न करिब १ करोड ५१ लाख आम्दानी हुने र १ करोड ४२ लाख २० हजार खर्च हुने आयोजकले सहारा क्लबले जनाएको छ ।

सन् २००२ बाट सुरू भएको यस प्रतियोगिता पोखराको पहिचान बनेकाे छ । यस प्रतियोगिता नेपालका विभिन्न ठाउँहरुमा आयाेजना हुने फुटबल प्रतियाेगिता भन्दा सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्