पोखरा ।।
शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचाैरले सहिद दिवसकाे अवसरमा लेख रचना वाचन तथा सम्मान कार्य सम्पन्न गरेकाे छ । बुधबार कालिका बहुउद्देश्यीय भवन पाेखरा १६ मा प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी वस्नेतकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष राम बहादुर बानियाँ प्रमुख अतिथि रहेका थिए ।

प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्दै ।।
सहिदहरुकाे प्रतिमामा माल्यार्पण गरि शुरु गरिएकाे साे कार्यक्रममा बाेल्दै प्रमुख अतिथि राम बहादुर बानियाँले साहित्य प्रतिष्ठानहरुले सहित दिवसकाे महत्व बुझेर, देश र जनताकाे लागि उनीहरुले गरेकाे त्याग, समर्पण र प्राण आहुतीकाे विषयमा साहित्य साधना गर्नु पर्ने कुरामा जाेड दिए । कार्यक्रममा प्रतिष्ठानका सरंक्षक मदन बहादुर खत्री निवर्तमान अध्यक्ष हरिवहदुर बरुवाल, विन्ध्यवासिनी मा वि व्यवस्थापन समितिका अध्यक्ष सन्दिप थापा , नव आदर्श सामूदायिक समितिका अध्यक्ष दिनेश भण्डारी , जालपादेवी आमा समूहका अध्यक्ष विष्णु माया बानियाँ लगायतले शुभकमना मन्तव्य राख्दै शुक्ला साहित्य समितिले साहित्यकाे माध्ययमले राष्ट्रिय सहिदहरुकाे सम्मान गरेकाे बताए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष दिपेन्द्र वानियाँले शीर्षक सन्दर्भ सहिदहरुकाे विषयक विशेष लेख प्रस्तुत गरेका थिए भने सुवास अधिकारी , छन्द कवि छबिलाल आचार्य, नेत्र बहादुर बाँनिया, प्रेम गन्दर्ब, प्रकासचन्द्र अधिकारी, सुमनराज पाैडेल, माेहन सुनार, सञ्जय थापा, हरिबहादुर थापा, रुद्रनाथ देवकाेटा लगायतले सहिदहरुकाे स्मृतिमा कविता वाचन गरे ।
कार्यक्रममा प्रमुख खबर डट कमका सह- सम्पादक पत्रकार संजय थापा सहित ,उपन्यासकार नरहरि भट्टराई र पूर्व अध्यक्ष सुमनराज पाैडेललाई सम्मान गरिएकाे थियाे । प्रमुख अतिथि तथा संस्थाका प्रमुख संरक्षक हरिलाल तिमिल्सिनाले सम्मानित व्यक्तित्वहरुलाई प्रमाण पत्र सहित दाेसल्ला ओढाएर सम्मान गरे ।

सम्मानित व्यक्तित्वहरू ।
प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गिता भण्डारीले स्वागत मन्तव्य राखिन भने कार्यक्रमकाे संचालन सचिव रामप्रसाद पाैडेलले गरेका थिए ।