वडा नम्बर १६ को केआईससिंह पुल देखि अर्मलाकोटसम्म पर्बतीय दौड हुने
  • प्रमुख खबर

पोखरा ।।

पोखरा महानगरपालिका वडा नम्बर १६ को केआईससिंह पुलबाट अर्मलाकोटसम्म करिब १२ कि.मि.को दुरीमा पर्बतीय दौड हुने भएको छ । बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि माघ २१ गते सोमबार श्रीपंचमीको दिन उक्त दौड प्रतियोगिता हुने भएको हो । यस पटक नबौं शृंखलाको दौड प्रतियोगिता हुन लागेको कार्यक्रम संयोजक जुम गुरुंगले जानकारी दिए ।

दौडमा प्रथम हुनेले रु २५ हजार, द्वितीय हुनेले २०,हजार, तृतीय हुनेले १५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेले १० हजार रुपैया पुरस्कार प्राप्त गर्ने आयोजकले बताए । महिला खुल्ला तर्फको दौडमा प्रथम हुनेलाई रु २५ हजार, द्वितीय हुनेलाई २० हजार, तृतीय हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार रुपैया पुरस्कारको ब्यबस्था गरिएको छ ।

वडा नं १६ का खेलाडीहरुको हकमा प्रथम हुनेलाई रु ८ हजार, द्दितियलाई ५ हजार र तृतियलाई ३ हजार र सान्त्वना १ हजार साथै दौडमा सहभागीता जनाउने सबैलाई मेडलको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । दौडको अतिरिक्त भलिबल, ठेलो प्रतियोगिता समेत हुने र भलिवलमा प्रथम हुनेलाई ५० हजार र द्दितियलाई ३५ हजार त्यसैगरि छेलो प्रतियोगितामा प्रथम हुनेलाई २० हजार र द्दितिय हुनेलाई १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्