पाेखरा ।।
चाैंथाे संस्करणकाे अन्तर विद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । पोखराको ड्याम साइड क्लवको आयोजनामा आज (आइतबार) देखि साे प्रतियोगिता हुने भएको हाे ।
पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवर्द्धनमा हुने उक्त प्रतियोगिता माघ २६ गतेसम्म चल्ने आयाेजकले शनिबार पत्रकार सम्मेलनकाे आयाेजना गरि जानकारी दिएकाे छ ।
प्रतियोगिता ड्यामसाइड गण्डकी प्रदेश प्रहरी गणको खेल मैदानमा हुनेछ । प्रतियोगितामा वडा नम्बर १७ मा रहेका २१ वटा विद्यालय मध्ये १९ वटा विद्यालयकाे सहभागीता रहने क्लबका अध्यक्ष रमेश प्रसाद बरालले जानकारी दिएका छन् ।
यस प्रतियाेगिताकाे आज हुने उद्घाटन खेलमा शिशु निकेत मा.वि र पोखरा किन्डर गार्डेन मा.वि बिच हुनेछ ।
विशेषगरी विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्नका लागि वि.सं २०७३ बाट यस प्रतियाेगिता आयाेजनाकाे थालनी गरिएको अध्यक्ष बरालले बताए ।
प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने टिमले ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने कार्यक्रम संयाेजक विनोद परियारले बताए ।
यस्तै उनका अनुसार हरेक खेलको म्यान अफ दी म्याच हुने खेलाडीलाई ट्रफी प्रदान गरिने छ भने प्रतियोगितामा सर्वोउत्कृष्ट सहित सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्स, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट स्टाइकर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई समेत ट्रफी प्रदान गरिने छ ।