पोखरा/गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा मङ्गलवार, माघ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त दिन सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थानहरूमा बिदा दिने निर्णय गरेको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जारी गरेको सूचनामा गण्डकी प्रदेशका सबै निकायहरूमा बिदा लागु हुने उल्लेख गरिएको छ। प्रदेश स्थापना दिवसको अवसरमा सरकारले यो निर्णय गरेको हो।