काठमाडौं ।।
सरकारले नेपाल टेलिकमबाट आफ्नो सेयर स्वामित्व घटाउने र सर्वसाधारणको स्वामित्व बढाउने भएको छ । नेपाल टेलिकमको २१ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको २५ प्रतिशत सेयर सर्वसाधारणमा रहने गरी तयारी भइरहेको बताएका ।
यो वर्ष भित्रै सर्वसाधारणको कम्तीमा २५ प्रतिशत हिस्सा पुर्याउने योजना रहेको मन्त्री गुरूङले बताए । ‘पब्लिकको स्वामित्व धेरै भयो भने जनताले आफ्नो महसुस गर्छन्, काम नगर्दा निगरानी गर्छन्,’ उनले भने हाल नेपाल टेलिकममा सरकारको ९२ प्रतिशत र सर्वसाधारणको ८ प्रतिशत सेयर स्वामित्व छ।