पाेखरा ।।
पोखरा रंगशाला देशकै ठूलो रंगशाला हो । जसको व्यवस्थापन जिम्मेवारी अहिले जिल्ला खेलकुद विकास समिति कास्कीकाे मातहतमा छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीले यसकाे व्यवस्थापनकाे जिम्मा समितिलाई दिएकाे हाे । जतिबेला प्रदेश खेलकुद परिषद्का अध्यक्ष एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा थिइन् त्यही समय नै परिषदको सातौं बोर्ड बैठकले उक्त निर्णय गरेको थियाे ।
रंगशालाको व्यवस्थापनकाे जिम्मेवारी स्थानिय खेलकुद संस्था जिल्ला खेलकुद विकास समिति, कास्कीलाई हस्तान्तरण गरिए पनि रेखदेखमा भने कमजोरी देखिएको छ व्यवस्थापनमा कमजोरीका कारण पटक-पटक चोरीका घटना भइरहेका छन्।
रंगशालामा पटक-पटक चाेरीका घटना
२२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपदेखि सुरु भएको चाेरीकाे श्रृंखला अहिलेसम्म पनि राेकिएकाे छैन् ।
त्यस समयमा रंगशालाभित्रका ११ वटा धाराको टुटी चोरी भएका थिए ।
उक्त प्रतियोगिताकाे केही समयपछि रंगशालको भलिबल कोर्टमा तेस्रो संस्करणकाे टाइगर कप सञ्चालन हुदाँ समेत त्यहाँ कोर्ट नजिकै रहेका महिला तथा पुरुष दुवै शौचालयबाट पनि २ दर्जन बढी धाराका टुटी चाेरी भएका थिए ।
पछिल्लाे समय फेरि रंगशालाभित्रकाे कभर्डहलकाे पश्चिम दिशाकाे शाैचालयकाे धाराकाे टुटी चाेरी भएका छन् । अहिले त्यहाँकाे शाैचालयभित्रका ८ वटा धाराका टुटी पून: चाेरी भएका हुन् ।
यसरी धाराका टुटी चाेरी भएका कारण भने रंगशालाभित्र दैनिक प्रशिक्षणमा आउने खेलाडीहरुले सास्ती भाेग्नु परेकाे छ । शाैचालय प्रयाेग गरेपछि हात धुन नपाएर उनीहरुलाई समस्या भएको हाे ।
यस विषयमा प्रमुख खबर डट कमले पाेखरा रंगशाला व्यवस्थापन समितिका संयाेजक राजन बड्गामीलाई प्रश्न गरेकाे थियाे ।
जवाफले उनले रंगशालाभित्र रहेकाे शाैचालयकाे धाराकाे टुटी चारी भएको स्वीकार गरेका छन् तर यस घटनामा जिल्ला खेलकुद विकास समितिकाे कमजोरी र हेलचक्राइ नभएकाे दाबी गरेका छन् ।
आफुहरुले यस्ता घटनाहरुलाई दाेहाेरीन नदिन काम त गरिरहेकाे तर पनि कर्मचारी अभावका कारणले गर्दा सहि व्यवस्थापनमा गर्न भने नसकेको जवाफ दिएका छन् ।
रंगशालाभित्र ५०/५२ वटा सि.सि. क्यामेरा छन तर सबै पुराना र मर्मत गर्नु पर्ने देखिन्छ । मर्मत जिल्ला समितिले गर्नुपर्नेमा रकम अभावको कारण देखाउदै आएको छ ।
पोखरा रंगशालामा हल र खेल मैदान प्रयोग बापत, नर्सरी, क्यान्टिन, फिजिकल ट्रेनिङ र जिम हाउस संचालन वापत प्राप्त हुने रकम यस समितिको आम्दानीका स्रोत हुन् । भएका सि.सि. क्यामेरा समय समयमा मर्मत गरि प्रयोगमा ल्याए यस्ता घटना नियन्त्रण हुने थिए ।