पाेखरा ।।
पोखरामा हुने भनिएकाे कोटिहोमका लागि जम्मा गरिएको दाउरा पोखरा महानगरपालिकाले जफत गरेकाे छ ।
मानव सेवा फाउण्डेशनले पोखरा-६ लेकसाइडमा आगामी वैशाखमा गर्ने भनिएकाे साे कोटिहोमका लागि जम्मा गरिएको दाउरा महानगरपालिकाले आज(बुधबार) जफत गरेकाे हाे ।
लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा थुपारिएका काठदाउरा नगर प्रहरी निरिक्षक पुरुषोत्तम थापाको नेतृत्वमा गएको टोलिले जफत गरेको हो ।
फाउण्डेशनले कोटीहोमका नाममा सयौँ वर्ष पुराना चाँप, वरपिपल, आँप र समि जस्ता महत्त्वपूर्ण रुखको हाँगा काटेर नाङ्गो बनाइएको छ ।
यसरी विभिन्न ठाउँका ऐतिहासिक एंव महत्वपूर्ण चौतारा तथा सडकका रुखहरुका हाँगाबिँगा काट्ने नाममा पुरै ठूटो बनाएपछि चारैतिरबाट महानगरको चर्को आलाेचना भएको थियाे ।