विभागिय टोली एपिएफ विरुद्धकाे मछिन्द्रकाे जित
  • प्रमुख खबर

पाेखरा ।।
२४औं संस्करणकाे आहा रारा पोखरा गोल्डकपको दोस्रो
दिन आज(बुधबार)भएको खेलमा नेपालकाे ए डिभिजन क्लब मछिन्द्र फुटबल क्लबले जितेकाे हासिल गरेकाे छ ।

आज भएको विभागिय टोली एपिएफ क्लब विरुद्धकाे क्वाटरफाइनल खेलमा मछिन्द्रले जित हासिल गरेकाे हाे ।

मछिन्द्रले एपीएफलाई २–० गाेलले पराजित गर्न सफल भएको हो । मछिन्द्रका लागि आदित्य शाक्यले ७४ औं मिनेटमा गोल गर्दै आफ्नाे टिमलाई अग्रता दिलाएका थिए ।

त्यस्तै ८१ औं मिनेटमा मछिन्द्रका लागि स्टेफन कामाहाले दाेस्राे गाेल गरेका थिए ।

याे जित संगै मछिन्द्र क्वाटरफाइनल प्रवेश गरेको छ । अब मछिन्द्रले सेमिफाइनल प्रवेश गर्न थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यस्तै भाेलि(बिहिबार)हुने खेलमा चर्च ब्वाइज फुटबल क्लब र न्यूरोड टिमका बीच तेस्रो प्रिक्वार्टर फाइनल खेल हुने अायाेजक साहारा क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्