पाेखरा ।।
सांगीतिक विरासत फर्काउन पोखरामा माघ २६ गते शनिबार हुने ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रमकाे सम्पूर्ण तयारी पूरा भएको छ ।
पाेखरेली कलाकारहरूकाे साझा संस्था, पाेखरा सांगीतिक कलाकार संघ नेपालकाे आयाेजना र गण्डकी प्रज्ञा प्रतिष्ठानकाे सहयाेगमा व्याण्डहरुको राजधानी पाेखरामा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको हाे ।
विहिबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै संस्थाले साे कुराकाे जानकारी दिएकाे हाे । यस कार्यक्रम शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुनेछ ।
साे कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा ख्याती कमाउन सफल ७ वटा पाेखरेली चर्चित व्याण्डहरु कन्दरा (विवेक श्रेष्ठ), डि–मर्चा व्याण्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली व्याण्ड (नवीन गुरुङ र भाई गुरुङ), देउराली व्याण्ड (शान्त बज्राचार्य), ब्रोसिस व्याण्ड (प्रकाश राना), मध्याह्न व्याण्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोण्ड व्याण्ड (श्यामसुङ तामाङ)को प्रस्तुती रहनेछ ।
यस कार्यक्रममा नाइन्टिजका उक्त व्याण्डका चर्चित गितहरु तगाराेमा रुमाल, तिमी पारी, तारा खस्याैली, झयाम्म-झयाम्म, पहिलाे नजर, चाइना कम्पनी लगायतका प्रत्यक्ष हेर्न र सुन्न पाइनेछ ।
एक समय पाेखरा व्याण्डहरुकाे राजधानी थियाे । त्यतिबेला ९० काे दशकमा पाेखराका व्याण्डहरुले देश-विदेशमा अाफ्नाे कला र गित- संगितमार्फत सबैकाे ध्यान तानेकाे थियाे । त्यही विरासतलाई पून:फर्काउन उक्त कार्यक्रम आयाेजना गरिएको गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव एंव कार्यक्रमका मूल संयोजक मनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
यस कार्यक्रमले व्याण्डहरुको राजधानी पोखराको विरासत फर्काउन कोशेढुंगा सावित हुने पनि उनले बताएका छन् ।
यस्तै सदस्य सचिव श्रेष्ठका अनुसार पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएपनि व्यवहारिक रुपमा लागु नभइरहेको सन्दर्भमा यस कार्यक्रममार्फत पोखरा पर्यटनको राजधानी हुन डिजर्भ छ भन्ने सन्देश दिनु पनि रहेकाे बताए ।
उनले कार्यक्रममार्फत पोखरालाई रिब्राण्डिङ गर्ने, गीत, संगीतको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, गीत, सङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्ने, कुलत र दुव्र्यसनबाट जोगिन युवालाई संगीतको माध्यमबाट सन्देश दिने, राष्ट्रिय एकताको भावनालाई बलियो बनाउँदै सद्भावको पक्षपोषण गर्नुपनि कार्यक्रमको उद्देश्य रहेकाे बताए ।
त्यस्तै सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुको पुर्नजागरण गर्ने र नयाँ पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिँदै यसतर्फ आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको आयाेजकले जानकारी दिएकाे छ ।
कुमुदिनी होम्स र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी)को प्रस्तुतीमा हुने कार्यक्रममा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गण्डकी प्रदेश सरकारको सहकार्य रहेको छ भने पोखरा महानगरपालिका प्रवर्द्धककाे रुपमा रहेको कार्यक्रम प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले बताए ।