नेकपा एस गण्डकी प्रदेशकाे प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा
  • प्रमुख खबर

smart

पाेखरा ।।

नेकपा एकीकृत समाजवादी(एस)पार्टी गण्डकी प्रदेशकाे प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

विहिबार नेकपा एसले पत्रकार सम्मेलनकाे आयाेजना गर्दै
माघ २६ र २७ गते पाेखरामा हुने उक्त अधिवेशनकाे सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएकाे हाे ।

यसअघि पौष १९ र २० गतेका लागि तोकिएको महाधिवेसनको मिति विविध कारणले सरेकाे थियाे ।

उक्त अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिएका छन् ।

उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाललगायतका शिर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । अधिवेशनमा यस प्रदेशका ११ जिल्लाबाट ४ सय ५० जना प्रतिनिधिहरुको सहभागिता रहने छ ।

त्यस्तै ५० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि चयन हुने र प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन हुने समेत उनले बताएका छन् ।

यसरी प्रतिनिधि चयन गर्दा महिला, उत्पिडित र मजदूर क्षेत्रको प्रतिनिधित्वलाई सुनिस्चित गर्न प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ३ प्रतिनिधि छानिदा १ महिला अनिवार्य र ५ प्रतिनिधि छानिदा १ जना उत्पीडित समूदायबाट अनिवार्य गरिएको छ ।

यससंगै प्रत्येक जिल्लाबाट एकजना मजदुर अनिवार्य रुपमा छानिने छ । यसबाहेक विभिन्न जनसंगठनको प्रदेश कमिटीलाई पनि निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन गरिने एकीकृत समाजवादीले जनाएको छ ।

अधिवेशनले आगामी कार्यकालका लागि अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र ३ सहसचिव रहेको पदाधिकारीसहित भूगोल र विभिन्न क्षेत्रको सहभागिता रहेको १ सय ४३ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ ।

त्यस्तै गण्डकी प्रदेश कमिटीका अध्यक्ष बरालले
सकेसम्म सर्वसम्मतकाे प्रयास रहने पनि बताएका छन् ।

अहिलेसम्म कर्णाली प्रदेशकाे मात्र अधिवेशन सम्पन्न भइसकेकाे छ । पार्टीले हालै नेताहरुको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन सम्पन्न गरेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्