पाेखरा ।।
२४ औं सस्करणको आहा रारा पोखरा गोल्डकपको विहिबार भएको क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड पुग्न सफल भएको छ ।
चर्च ब्वाइजले न्यूरोड टिम (एनआरटी)लाई सडन डेथमा पराजित गर्न सफल भएको हाे । याेसंगै चर्च ब्वाइज युनाइटेड यस प्रतियोगिताकाे क्वाटरफाइनलमा पुग्ने तेस्रो टिम हन सफल भएको हाे ।
ब्वाईजले एनआरटीलाई सडेन डेथमा ६–५ काे गाेलले पाखा लगाउँदै क्वार्टर फाईनल प्रवेश गरेको हो ।
पोखराको फुटबल मैदानमा पहिलो पटक जम्काभेट भएका यी दुवै टोली मध्ये एनआरटीले खेलको २५ औं मिनेटमा गोलको खाता खोलेका थियाे ।
रिचार्ड विल्सनले २५ औं मिनेटमा गोल गर्दै टिमका लागि अग्रता दिलाएका थिए । यता दोस्रो आफमा चर्च ब्वाईजले पेनाल्टी मार्फत बराबरी गर्दै खेलमा फर्काएका थिए ।
चर्च ब्वाईजका लागि ६४ औं मिनेटमा नविन लामाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए ।
यस २४ अाैं संस्करणको आहा रारा पोखरा गोल्डकपमा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले नगद रु १२ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु छ लाखसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकले रु २५ हजार नगद सगै ट्रफ्री पुरस्कार पाउँदा फेएर प्लेको रूपमा एक टोलीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।