२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष २०२५’ घोषणा हुने
  • प्रमुख खबर

पाेखरा ।।
पोखरा भ्रमण वर्ष २०२५’ घोषणा हुने भएको छ । पोखरा भ्रमण वर्ष सफल पार्न शुक्रबार आयोजित मुल समारोह बैठकलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले साे कुराकाे जानकारी दिएका हुन् ।

उनका अनुसार आउँदो फागुन ३ गते एक समारोहका बिच “पोखरा भ्रमण वर्ष २०२५”घोषणा हुने भएको छ । गत वर्ष चैत ५ गते पाेखरालाई नेपालकाे पर्यटकीय राजधानी घाेषणा गरिएको थियाे ।

पर्यटन राजधानी घाेषणा भएको १ वर्षपछि “पोखरा भ्रमण वर्ष २०२५” घोषणा हुने भएको हाे । भ्रमण वर्ष घोषणाको लागि विभिन्न समिति र उपसमिति गठन गरिएका छन् ।

नगर प्रमुख आचार्यको संयोजकत्वमा १ हजार ५० सदस्यीय मुल आयोजक समिति, उनकै नेतृत्वमा एक निर्देशक समिति र पर्यटन क्षेत्रको प्रतिनिधित्वमा कार्यसम्पादन समितिसहित ४३ वटा उपसमिति गठन गरिएका हुन् ।

यस सुन्दर शहर पाेखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको हाे ।

आगामी ३ फागुन अर्थात १५ फेब्रुअरीको दिन विहान ११ बजे नेपाल सरकारका उच्च पदस्त व्यक्तिहरुको उपस्थितीमा पोखरा भ्रमण वर्षको शुभारम्भ गरिने महानगर प्रमुख अाचार्यले बताए ।

पोखरा महानगर र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना हुनेछ ।

यस्तै साे कार्यक्रममा पोखराको ३३ वटै वडाको प्रतिनिधित्व हुने गरी झांकी तथा ¥यालीको आयोजना हुनेछ ।

त्यस्तै पाेखरा भ्रमण वर्ष सफल बनाउनका लागि विभिन्न देशका राजदुतहरुको समेत सहभागी रहने महानगर प्रमुख मेयर आचार्यले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्