१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत ह्विल चियर र दृष्टिबिहिन दौड सम्पन्न
  • प्रमुख खबर

पाेखरा ।।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिबार पोखरामा ह्विल चियर महिला/पुरूष र दृष्टिबिहिन महिला/पुरूष दौड सम्पन्न भएको छ ।

१९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत सम्पन्न पुरूष ह्विल चियर दौड २ किमितर्फ काठमाण्डौका सन्तोष कार्की पहिलो भएका छन् ।

त्यसै गरी काठ्माण्डाैंकै दिपक आले मगर दोस्रो हुँदा पोखराका सुरेश गौलीले तेस्रो स्थान प्राप्त गरे ।

यसैगरी महिला ह्विल चियर १ किमि दौडमा काठमाण्डौकी सृजना कार्की पहिलो भइन् भने काठमाण्डौकै हिमा कुमारी लम्साल दोस्रो हुँदा पोखराकी पुनम बिकले तेस्रो स्थान हात पारिन् ।

सोही प्रतियोगिताअन्तर्गत सम्पन्न दृष्टिबिहिन दौड पुरुषतर्फ जीवन थापाले पहिलो स्थान हात पारे । सोही दौडमा ऋषी लोहनी दोस्रो हुँदा विरेन्द्र लामिछाने तेस्रो भए । महिलातर्फको दौडमा बिनिता पुन पहिलो, देबी बराल दोस्रो र सचिना सुवेदी तेस्रो भइन् ।

बिजेताहरु पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश जनही नगद रु १० हजार, ७ हजार र ५ हजारका साथमा प्रमाणपत्र र १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लोगो अंकित टिशर्ट प्राप्त गरे ।

प्रतियोगितामा ह्विलचियर पुरूषतर्फ १८ जना र महिलातर्फ ९ जना पुरुष दृष्टिविहिन दौड पुरुषतर्फ ३१ जना र महिलातर्फ ११ जना गरी कुल ६९ जनाको सहभागिता रहेको थियो ।

त्यस्तै पोखरा अन्तर्राष्ट्रिय म्याराथन भने फागुन ३ गते शनिबार हुनेछ । पोखरा अन्तर्राष्ट्रिय म्याराथन पोखरा रंगशालाबाट सुरू भई लेकसाइड हल्लनचोकमा पुगेर सम्पन्न हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्