पाेखरा ।।
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सुरक्षा व्यवस्था चुस्त बनाइने भएको छ । यहि फागुन ३ गते पाेखरामा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय म्याराथनको लागि सुरक्षा व्यवस्था चुस्त बनाइने हाे ।
आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख भरतमणी पाण्डेको उपस्थितीमा सम्पन्न भएको छलफलमा सुरक्षा व्यवस्था चुस्त बनाइने निर्णय भएको हो ।
नेपाल भूतपूर्व खेलाडी मञ्चकाे आयोजनामा हुने उक्त पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा स्वदेशी र विदेशी धावकहरुको सहभागिता बढेसंगै उनीहरुकाे सुरक्षा र म्याराथनलाई व्यवस्थित तवरले सम्पन्न गर्न सुरक्षा व्यवस्था चुस्त बनाइने निर्णय गरिएको हाे ।
यस्तै साे प्रतियोगितामा सहभागी हुने धावकहरुको दौडलाई सहज वातावरण बनाउनका लागि सुरक्षा व्यवस्था र रुटमा अवागमन हुने सवारी साधनहरुको प्रवाह कम गर्न सबै लाग्नुपर्ने मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरूङले बताएका थिए ।
उनले सो बैठकमा १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी र रुटका बारेमा समेत जानकारी गराएका थिए ।
उक्त बैठक मञ्चका अध्यक्ष दिल बहादुर गुरूङको अध्यक्षतामा बसेको थियो ।
फागुन ३ गते हुने साे अन्तर्राष्ट्रिय म्याराथन पोखरा रंगशालाबाट सुरू भइ पोखरा महानगरभित्रका विभिन्न १७ वटा वडाहरुको रुट हुँदै पोखरा महानगर वडा नं ६ स्थित हल्लनचोकमा पुगेर सम्पन्न हुनेछ ।