राज भुषालकाे निर्णायक गाेलसंगै २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा चर्च ब्वाइज
  • प्रमुख खबर

पाेखरा ।।

पोखरामा जारी २४ औं संस्करणकाे आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा चर्च ब्वाइजले आफ्नाे स्थान सुरक्षित बनाएकाे छ ।

त्रिभुवन आर्मीलाई पराजित गर्दै चर्च ब्वाइजले सेमिफाइनलमा आफ्नाे स्थान सुरक्षित बनाएकाे हाे ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा चर्च ब्वाइजले आर्मीलाई १–० काे गोल अन्तरले पराजित गरेको हो ।

चर्च ब्वाइजका लागि राज भुषालले खेलकाे ९० औं मिनेटमा निर्णायक गाेल गरेका थिए ।

प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल अन्तर्गत मंगलबार भारतको थन्डरबोल्ट नर्थ यूनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी खेल्नेछन् ।

फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयाेजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्