पाेखरा ।।
उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी कल्ब पोखरामा जारी २४ औं संस्करणकाे आहा! रारा पोखरा गोल्डकपकाे सेमिफाइनलमा प्रवेश गरेको छ ।
पाेखरा रंगशालामा जारी आज (मंगलबार) भएको खेलमा
सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड क्लबलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हाे ।
आज भएको अन्तिम क्वाटरफाइनल खेलमा सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै ब्ल्याक बुल्स सेमीफाइनल प्रवेश गर्न सफल भएको हाे । ब्ल्याक बुल्सका इस्लोम्जन अब्दुकोडिरोभले खेलकाे ३८ औं मिटेनमा पहिलाे गाेल गरेका थिए ।
त्यस्तै खेलको ७३ औं मिनेटमा सयदज्मोल दब्लाजोनोभले दाेस्राे गाेल गरे भने ७५ औं मिनेटमा शाब्कात्जोनले आफ्नाे टिमकाे लागि तेस्रो गोल गर्न सफल भएका थिए ।
आज भएको खेल संगै आहा! रारा पोखरा गोल्डकपमा सेमिफाइनल समीकरण पूरा भएको छ । ब्ल्याक बुल्ससहित नेपाल पुलिस क्लब, चर्च ब्बाइज युनाइटेड र थ्रीस्टार सेमिफाइनलमा पुगेका छन् ।
यस्तै भोली (बुधबार) पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लब बिच आम्नेसाम्ने हुनेछ ।