पाेखरा ।।
१९ औं सफल पाेखरा अन्तर्राष्ट्रिय म्याराथन २०८१ लाई
सफल बनाउन पोखरा महानगरले आफ्नो सक्रियता अघि बढाउने भएको छ ।
फागुन ३ गते शनिबार हुने उक्त म्याराथन सफल बनाउन महानगरले वडा कार्यालयहरु परिचालन गर्दै आफ्नो सक्रियता अघि बढाउने भएको हाे ।
पाेखरा महानगरपालिकाकाे सभाहलमा आज
(मंगलबार)मेयर धनराज आचार्यको उपस्थितीमा विभिन्न वडा अध्यक्षहरुसंगको छलफलमा महानगरले सो सक्रियता देखाएको हो ।
उक्त छलफल कार्यक्रममा मेयर आचार्यले प्रतियोगितामा सहभागी हुने सम्पूर्ण स्वदेशी तथा विदेशी खेलाडीहरुलाई म्याराथनका लागि सहज वातावरण बनाउन महानगरको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताउँदै त्यसका लागि आफुहरु तयार रहेको बताए ।
यसै गरी मंगलबार नै जिल्ला प्रहरी कार्यालयको सक्रियतामा पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन जिल्ला ट्राफिक कार्यालय कास्की, वडा प्रहरी कार्यालयहरु, विभिन्न यातयात संघ–संस्थाका अध्यक्ष एवं पदाधिकारीहरुको एक छलफल कार्यक्रम सम्पन्न भएको छ ।