पाँच वर्षपछि आहा! रारा पोखरा गोल्डकपकाे फाइनमा नेपाल पुलिस क्लब
  • प्रमुख खबर

पाेखरा ।।
आहा! रारा पोखरा गोल्डकपकाे ६ पटकको विजेता र चार पटकको उपविजेता नेपाल पुलिसले चर्च ब्वाईज युनाईटेड क्लबलाई पछि पार्दै फाइनलकाे यात्रा तय गरेकाे छ ।

पाेखरामा जारी २४ औं आहा ! रारा पोखरा गोल्डकपको अाज(बुधबार)भएको पहिलो सेमीफाइनल खेलमा विभागिय टाेली पुलिसले जित निकाल्दै फाइनलकाे यात्रा तय गरेकाे हाे ।

नेपाल पुलिसले चर्च ब्वाईज युनाईटेड क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ५८ औं मिनेटमा विभागिय टाेली पुलिसका लागि सञ्जिव लामाले एक मात्र गाेल गर्न सफल भएका थिए । उनकाे त्यही गाेल अन्त निर्णायक गाेल बन्न सफल भयाे ।

उनले विपक्षी टिम चर्च ब्वाईजका डिफेन्डर राज भुषालले गरेको क्लियर बल नियन्त्रणमा लिएर भलि प्रहार गर्दा जाली चुमेको हो ।

यस आहा ! रारा पोखरा गोल्डकपको यो फाइनल यात्रा भने नेपाल पुलिसलाई पाँच वर्षपछि (वि.सं.२०७६)मात्रै प्राप्त भएको हाे ।

त्यस्तै सहारा क्लव पोखराले २०५८ सालमा क्याराभान गोल्डकपबाट शुरु गरेदेखि बुधबारसम्म आईपुग्दा २५० औं खेल भएको अवसरमा बलुन उडाएर सेलेब्रेसन गरिएको छ ।

नेपाल पुलिस क्लवको भने बुधबारको खेल ५० औं खेल हो । यस दिन खेल जितेर पुलिसलेपनि आफ्नो जित अविस्मरणीय बनाएको छ ।

प्रतियोगिता अन्तर्गत अब दोश्रो सेमीफाइनल खेलमा भाेलि(विहीबार) थ्रीस्टार र ब्ल्याक बुल्स फुटबल क्लव आमनेसामने हुनेछन् । प्रतियोगिताको फाईनल खेल भने फागुन ३ गते शनिबार हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्