२४ औं आहा!रारा पाेखरा गोल्डकपमा आज थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स भिड्ने
  • प्रमुख खबर

पाेखरा ।।

पाेखरामा जारी २४औं संस्करणकाे आहा!रारा पाेखरा गोल्डकपको दोस्रो सेमिफाइनलमा आज(विहिबार) थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

पाेखरा रंगशालामा आज दिउँसाे २:३० बजे उक्त प्रतियाेगिता हुनेछ । थ्रीस्टार र ब्ल्याक बुल्स दुवै एक-एक खेल जित्दै सेमिफाइनल पुगेका हुन् ।

थ्रीस्टारले क्वाटरफाइनलमा मछिन्द्र एफसीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।

यस्तै पहिलो पटक नेपालमा आएर खेलिरहेको ब्ल्याक बुल्सले भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई हराएर सेमिफाइनल पुगेको हो ।

थ्रीस्टारले अहिलेसम्म आहा! रारा पाेखरा गोल्डकपको उपाधि पाँच पटक सम्म उचालिसकेका छन् । त्यस्तै हिजाे भएको पहिलाे सेमिफाइनल खेलमा विभागिय टाेली पुलिसले १-० गाेलले चर्च ब्वाइज युनाइटेडलाई हराएको थियाे ।

आजको खेलको विजेता र नेपाल पुलिसबीच उपाधिका लागि शनिबार फाइनल हुनेछ । प्रतियोगिताको विजेताले नगद १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्