पाेखरा ।।
पाेखराकाे लेकसाइड स्थित बाराहिघाटमा आउँदो बैशाख १७ गतेदेखि हुने भनिएकाे “श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ” नरोक्न उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेकाे छ ।
कोटीहोम गर्न नदिएको भन्दै पाेखरा महानगरपालिकालाई विपक्षी बनाएर मानव सेवा फाउण्डेशन नेपालले त्यसविरुद्ध उच्च अदालतमा दिएको निवेदनमाथि विहिबार सुनुवाइ गर्दै अदमलतले उक्त अादेश जारी गरेकाे हाे ।
फाउण्डेशनले नेपाल ट्रष्टको स्वामित्वमा रहेको बाराहीघाटको करिब ४८ रोपनी जग्गा भाडामा लिएर कोटीहोम गर्ने तयारी गरिरहेको छ।
तर यता, पाेखरा महानगरका मेयर धनराज अाचार्यले भने साे ठाउँमा काेटिहाेम सञ्चालन गर्न हालसम्म महानगरले कुनैपनि अनुमति नदिएकाे र यसले पाेखरामा ध्वनी प्रदुर्षण हुनुका साथै वातावरणलाई समेत असर गर्ने भन्दै महानगरपालिकाको कार्यपालिका बैठकले तत्काल राक्ने निर्णय गरेकाे थियाे ।
महायज्ञ सञ्चालनका लागि भन्दै फाउणेडेसनले नेपाल ट्रष्टको कार्यालय, काठमाडौंले तोकिएको भाडा लिएर अनुमति दिइसकेकाे छ भने पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, पोखराले समेत सहमति प्रदान गरिसकेको छ।
यसविरुद्ध उच्च अदालत पोखराले महानगरलाई १५ दिनभित्र लिखितजवाफ पेश गर्न आदेश दिएको छ ।
यता, फाउण्डेसनले पोखराका ऐतिहासिक चौतारका वर, पिपल, समीका रुख काटेपछि चौतर्फी आलोचना भएको थियो ।
साे फाउण्डेसनले कोटीहोमका नाममा वडा नम्बर ६, १३ र १४ मा चौताराका रुख मुठारेका थिए । पोखराका ऐतिहासिक चौताराका रुख मुठारिएपछि संरक्षणकर्मीहरुले पनि विरोध गर्दै आएका छन् ।
त्यस्तै अाज मात्र संरक्षणकर्मीहरुले भेला अायाेजना गरेर रुख काट्नेलाई कारबाही गर्न माग पनि गरेका छन् ।









