२१ देशका धावकहरुको सहभागिता रहेकाे १९ औं सफल पाेखरा अन्तर्राष्ट्रिय म्याराथनकाे तयारी पूरा
  • प्रमुख खबर

पाेखरा ।।

१९ औं सफल पाेखरा अन्तर्राष्ट्रिय म्याराथन २०८१ काे सम्पूर्ण तयारी पूरा भएको छ । वि.सं.२०५८ सालमा स्थापित नेपाल भूतपूर्व खेलाडी मञ्चकाे आयाेजनामा प्रतेक वर्ष हुँदै आइरहेकाे यस म्याराथनकाे सम्पूर्ण तयारी पूरा भएको विहिबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै जानकारी दिइएकाे छ ।

करिब १ करोड ८९ लाख रुपैयाँ खर्च हुने यस पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका ३ हजार १ सय ७५ धावकहरुको सहभागिता हुने मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले बताएका छन् ।

जस अनर्तगत खुल्ला म्याराथन (४२.१९५ किमि) पुरुषतर्फ २१ देशका ८० विदेशीसहित १५० जना धावकहरुकाे सहभागिता रहेकाे जसमा महिला ८ जनाको सहभागिता रहेको छ ।

त्यसै गरी हाफ म्याराथन (२१.०१९७ किमि) महिलातर्फ १० देशका सहित ४० जना, हाफ म्याराथन पुरुषतर्फ १० विदेशीसहित ११० जना, १० किमि पुरुषतर्फ ११ विभिन्न देशकासहित २ सय ११ जना, १० किमि महिलातर्फ ११ विदेशीसहित १०९ जना, ५ किमि भेट्रान्स (५० वर्ष) पुरुष र महिलातर्फ गरी ६० जना, ५ किमि छात्रतर्फ १ हजार ४७० तथा छात्रातर्फ १ हजार २५ जना गरी कूल ३ हजार १ सय ७५ जना दर्ता सहभागि रहने समेत अध्यक्ष गुरुङले बताए ।

यस्तै “रन फर फन”मा करिब ७ हजार गरी १० हजार जनाको सहभागिता यस म्याराथनमा हुनेछ । पुरस्कार राशीमात्रै २१ लाख ३४ हजार रुपैयाँ रहेकाे यस म्याराथनमा ४२ किलोमिटर म्याराथनमा प्रथम हुने धावकले ५ लाख रुपैयाँ प्राप्त गर्ने, द्वितीयले ३ लाख र तृतीयले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै सान्त्वना स्वरुप चौथो देखि आठौं सम्मलाई नगद ३० देखि १० हजार रुपैयाँ रहेको छ । विभिन्न १४ क्याटोगरीमा अायाेजना हुने यस म्याराथनकाे यस पटककाे नारा “पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानका लागि दौडौं” तय गरेकाे छ ।

विश्व परिवेशमा चर्चित शहरकाे नाममा आयाेजना गरिने सिटि म्याराथनकाे अवधारणा अनुरुप नै यस सुन्दर पर्यटकीय नगरी पाेखरालाई पनि खेलकुदकाे विश्व मानचित्रमा स्थापित गराई खेलकुल पर्यटन प्रवद्वर्न गर्न प्रतियोगिताकाे आयाेजना गरिएको पूर्व अध्यक्ष तेज बहादुर गुरूङले जानकारी दिएका छन् । प्रतियाेगिता भाेलि फागुन ३ गते शनिबारकाे दिन हुँदैछ ।

यस पटक प्रतियोगितालाई व्यवस्थित बनाउन २८ वटा उपसमितिले काम गरिरहेकाे समेत उनले बताए छन् । उनका अनुसार नेपालमा आयाेजना हुने विभिन्न म्याराथनहरु मध्य पाेखरा अन्तर्राष्ट्रिय म्याराथन म्याराथनहरुकाे अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता रहेकाे छ ।

यस म्याराथनकाे रुट समेत एम्सबाट प्रमाणिकरण भइसकेकाे छ । यसका साथै यस प्रतियोगितालाई गण्डकी प्रदेश सरकार र पाेखरा महानगरपालिकाले संरक्षकत्व प्रदान पनि गरेकाे छ ।

त्यस्तै १९ औं पोखरा म्याराथनमा यस वर्ष सातै प्रदेशमा आयोजना हुने ७७७ म्याराथनको समेत सुरूवात हुने नेपाल रन यूके तथा धरान रनका संस्थापक सन्तोष राईले जानकारी दिएका छन् ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्