पाेखरा ।।
पर्यटन राजधानी घाेषणा भएको १ वर्षपछि “पोखरा भ्रमण वर्ष २०२५” घाेषणा हुने भएको छ। २० लाख पर्यटक भित्र्याउने लक्ष सहित पोखरा महानगरपालिकाको नेतृत्वमा ‘पोखरा भ्रमण वर्ष–२०२५’ हुने भएको हाे ।
भाेलि फागुन ३ गते शनिबारका दिन विहान ११ बजे नेपाल सरकारका उच्च पदस्त व्यक्तिहरुको उपस्थितीमा पोखरा रंगशालाबाट पोखरा भ्रमण वर्षको शुभारम्भ गरिने महानगर प्रमुख धनराज आचार्यले विहिबार पत्रकार सम्मेलनकाे अायाेजना गरि जानकारी दिएका छन् ।
पोखरा महानगर र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना हुनेछ ।
यस्तै साे कार्यक्रममा पोखराको ३३ वटै वडाको प्रतिनिधित्व हुने गरी झांकी तथा ¥यालीको आयोजना हुनेछ ।
यसका लागि विभिन्न समिति र उपसमिति गठन गरिएका छन् । महानगर प्रमुख धनराज आचार्यको संयोजकत्वमा १ हजार ५० सदस्यीय मुल आयोजक समिति, उनकै नेतृत्वमा एक निर्देशक समिति र पर्यटन क्षेत्रको प्रतिनिधित्वमा कार्यसम्पादन समितिसहित ४३ वटा उपसमिति गठन गरिएका हुन् ।
गत वर्ष चैत ४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट हजारौं संख्यामा पाेखराबासीहरुलाई साक्षी राखेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएकाे थियाे ।
साेही घाेषणाले धेरै देशहरूको ध्यान पोखरातिर भएकाले सरकारले समेत नीति तथा कार्यक्रम र बजेटमा पनि यस शहरलाई प्राथमिकतामा राखेको मेयर आचार्यले बताएका छन् ।
विशेषगरी मुक्तिनाथ क्षेत्रको प्रवेशद्वार निर्माण, बोटानिकल गार्डेन, एयरपोर्ट लेकसाइड द्रुतमार्ग, हेरिटेज साइड, पञ्चासे क्षेत्र विकास, १० ताल जोडिने साइकल लेन, इन्ट्रान्स पार्क, फिर्के खोला, फेवा किनार विकास, अर्ग्यानिक ट्रेल तथा रोयल ट्रेलको पुन उत्थान लगायतका पर्यटन क्षेत्रलाई टेवा पुग्ने विभिन्न पूर्वाधारको निर्माण गर्नुका साथै सुरुवात गर्ने योजना समेत रहेकाे उनले स्पष्ट पारे ।
यससँगै पर्यटन राजधानी पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ब्रान्डिङ गर्न र पोखराको आन्तरिक एवं वाहृय पर्यटनलाई हालसम्मकै उच्च बिन्दुमा पुर्याउन पोखरा भ्रमण वर्षले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै याे एउटा विशेष अभियान भएकाले यसलाई सकारात्मक रुपमा लिएर विश्वभर सन्देश पुर्याउन उनले सबैमा अाग्रह पनि गरेका छन् ।
त्यस्तै भ्रमण वर्षको अवधिभर स्वदेशका ५ वटा र विदेशका ५ वटा गरी १० शहरहरुसँग भगिनी सम्बन्ध कायम गर्ने पनि उनले बताए । उनले यस घाेषणाले समग्र पाेखराकाे विकासका लागि टेवा पुग्ने बताएका छन् ।