तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी
  • प्रमुख खबर

पोखरा ।।
तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता हुने भएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा साे प्रतियाेगिता फागुन ४ गते देखी हुने भएको हाे ।

हिसान गण्डकीले शुक्रबार पत्रकार सम्मेलनकाे अायाेजना गर्दै ट्राइसिट सार्वजनीक गरेकाे छ ।

फागुन ४ देखी ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालय तर्फ १३ विद्यालयले भाग लिएका छन् भने क्याम्पस तर्फ ९ क्याम्पसले सहभागीता जनाएका छन् ।

प्रतियोगिताको विजेता टिमले नगद रु.१ लाख सहित ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् ।

त्यसै गरी दोस्रो हुने टिमले नगद रु.५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिएका छन् ।

त्यस्तै अध्यक्ष शर्माका अनुसार कलेज तर्फको विजेताले नगद २० हजार र दोस्रो हुने टिमले नगद १० हजार मेडल, ट्रफि र प्रमाण-पत्र प्राप्त गर्ने छ ।

यस प्रदेशस्तरी फुटसल प्रतियोगितामा कास्कीका १० विद्यालय, बाग्लुङका २ र तनहुँको एउटा विद्यालय गरी १३ विद्यालयले प्रतिप्रर्धा गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च लाग्ने आयाेजकले जनाएकाे छ।

प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ । सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्लब हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्