“पोखरा भ्रमण वर्ष २०२५” को उद्घाटनकाे क्रममा बेलुन् पड्किदाँ अर्थमन्त्री पौडेल र मेयर आचार्य घाईते
  • प्रमुख खबर

पाेखरा ।।

“पोखरा भ्रमण वर्ष २०२५” को उद्घाटनकाे क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाईते भएका छन् ।

आज(शनिबार)भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन् पड्किदाँ उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य घाईते भएका हुन् ।

अर्थ तथा उपप्रधानमन्त्री पौडेलको कोटमा आगोको झिल्को लागेको छ भने मेयर आचार्यको गालामा झिल्काले छोएको छ ।

साे घटना लगतै घाईते दुवैलाई अहिले उपचारका लागि फिष्टेल अस्पताल लगिएको छ । महानगर स्राेतका अनुसार दुवै जनाकाे स्वास्थ्य अवस्था भने सामान्य भएको जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्