अर्थमन्त्री पौडेल र पाेखराका मेयर अाचार्यलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठ्माण्डाैं लगियाे(फलाेअप)
  • प्रमुख खबर

पाेखरा ।।

“पोखरा भ्रमण वर्ष २०२५” को लोगो अनावरण गर्ने क्रममा बेलुन पड्किदा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका छन् ।

पोखराको गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा गरिएको प्रारम्भिक उपचारपछि दुवै जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको महानगर प्रमुख आचार्यको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेल र आचार्यलाई छुट्टाछुट्टै हेलिकोप्टरमा काठमाडौं लगिएको हाे । उनीहरुको किर्तिपुर स्थित वर्न अस्पतालमा उपचार हुने समेत सचिवालयले जनाएको छ ।

अाज (शनिबार) कार्यक्रममा भ्रमण वर्षकाे लागाे अनावरण गर्दा हाइड्रोजन ग्यास भरिएका बेलुनहरू फायर क्यान्डिलबाट निस्किएका झिल्काहरूसँग ठोकिदा साे दुर्घटना हुन पुगेको हो ।

पोखरा प्रदर्शनी केन्द्रमा भएको उक्त समारोहमा घटेकाे दुर्घटनापछि अर्थमन्त्री विष्णु पौडेल र मेयर आचार्यलाई आगोको लप्काले घाइते बनाएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्